तमलोपाका उम्मेदवारको निधन
कात्तिक २१ । तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाका एक उम्मेदवारको निधन भएको छ ।
तमलोपा कपिलवस्तु क्षेत्र नं. १ का उम्मेदवार शराफत खाँको आज बिहान निधन भएको हो ।
बिहान साँढे ४ बजे उनको भैरहवा मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको उनको परिवारले जनाएको छ ।
गत सोमबार ह्रदयघात भएपछि खाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति:
November 07, 2013