अध्यक्ष प्रचण्ड काठमाडौं १० मा ७ हजार ५ सय ३३ मतले हारें, कांग्रेसका केसी विजयी
मंसिर ६ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा तेस्रो स्थानमा आएका छन् भने कांग्रेसका राजन केसी २० हजार ३ सय ९२ मतका साथ विजयी भएका छन् ।
अघिल्लो निर्वाचनमा अध्यक्ष प्रचण्डले १० हजार भन्दा बढीको मतले जितेको उक्त क्षेत्रमा प्रचण्ड यो पटक भने १२ हजार ८ सय ५९ मतका साथ तेस्रो स्थानमा सिमित भएका छन् ।
अघिल्लो निर्वाचनमा प्रचण्डले २३ हजार मत आउँदा अहिलेका विजयी उम्मेदवार केसीले १२ हजार भोटमा चित्त बुझाउनु परेको थियो ।
उक्त क्षेत्रमा एमालेका सुरेन्द्र मानन्धर भने १३ हजार ६ सय १९ मत लिएर दोस्रो स्थानमा सिमित हुन पुगेका छन् ।
यसैबीच, काठमाडौं क्षेत्र नम्बर ८ मा कांग्रेसकै नविन्द्रराज जोशी १२ हजार १ सय ११ मतका साथ विजयी भएका छन् । दोस्रोमा भने ६ हजार १ सय ६ मतका साथ दोस्रोमा अडिए ।
प्रकाशित मिति:
November 21, 2013