राष्ट्रिय सहमति अहिले पनि एक अपरिहार्य आवश्यकता : वैद्य
मंसिर । नेकपा माओवादीले देशको राजनीतिक सङ्कटको समाधानका लागि राष्ट्रिय सहमति अहिले पनि एक अपरिहार्य आवश्यकता भएको जनाएको छ ।
माओवादीले जनयुद्धमा संलग्न एउटा शक्तिलाई जबर्जस्ती निषेध गरेर र जनयुद्ध तथा जनआन्दोलनमा अभिव्यक्त जनादेशलाई अवज्ञा गरेर शान्तिप्रक्रियाले कदापि पूर्णता प्राप्त गर्न नसक्ने ठोकुवा समेत गरेको छ ।
माओवादी अध्यक्ष मोहन वैद्यले बुधबार एक विज्ञप्ति जारी गर्दै यसबारे गम्भीरतापूर्वक सोंच्न र विशेष ध्यान दिन सम्बन्धित सबैसित विशेष अपिल समेत गरेको छ ।
वैद्यले दोस्रो संविधानसभाबाट पनि जनताको संविधान बन्न नसक्ने दाबी समेत गरेका छन् । दोस्रो संविधानसभा “निर्वाचन”को जति गुणगान गरिएपनि वैदेशिक शक्ति केन्द्रहरुको इशारामा चल्ने राष्ट्रघाती तथा जनविरोधी तत्वहरुको प्रभुत्व हुने त्यसप्रकारको संविधानसभाबाट पनि जनताको संविधान बन्न नसक्ने कुरा सुनिश्चित छ अध्यक्ष वैद्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, यसप्रति सतर्क रहन हामी सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित विनम्र अनुरोध गर्दछौं ।
माओवादीले जनताको रगत तथा पसिनाको मूल्य एव् जनादेशलाई सम्मान गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, जनतन्त्रको स्थापना तथा जनजीविकाको सुनिश्चितता र नयाँ राष्ट्रिय मुक्ति आन्दोलनका बीचबाट जनताको संविधान निर्माणका लागि जनसमुदायसमक्ष पुनः प्रतिबद्धता जाहेर समेत गरेको छ ।
माओवादीले अघोषित सङ्कटकालको कार्यान्वयन, सेना परिचालन तथा राज्यशक्तिको अधिकतम दुरुपयोग गर्दै जनसमुदायलाई भयभीत तुल्याई एव् बहिष्कार आन्दोलनमा संलग्न प्रतिपक्षीय शक्तिलाई सडकमा आउनै नदिई सैन्य घेराभित्र गरिएको “निर्वाचन” लाई “अभूतपूर्व रुपमा सफल” भएको र ७०५ मतदान गरिएको भनी ठूलो भ्रम सिर्जना गर्ने दुष्प्रयास गरिएको भन्दै बहिष्कारको पक्षमा उत्रिएको जनसमुदायको ठूलो हिस्साद्वारा मतदाता नामावलीमा नाम दर्ता नगराइएको र प्रायोजित धाँधली गरिएको यथार्थतालाई अत्यन्तै नाङ्गो र निर्लज्ज रुपमा छिपाउने कसरत गरिएको समेत जनाइएको छ ।
माओवादी अध्यक्ष वैद्यले बन्दका क्रममा कतिपय अप्रिय घटना घटेको भन्दै गम्भीर दुःख व्यक्त समेत गरेका छन् ।
बहिष्कार आन्दोलनको प्रक्रियामा झण्डै ५०० भन्दा बढी नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र झुठा मुद्दा लगाउने काम गरिएको भन्दै त्यसको दृढ विरोध गर्दै सबैको शीघ्रातिशीघ्र रिहाईको माग समेत गरेको छ ।

प्रकाशित मिति:
November 20, 2013