चिकित्सकको लापारवाहीका कारण गर्भवती महिलाको ज्यान गयो
मंसिर ५ । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा प्रसुतीका लागि पुगेकी एक महिलाको चिकित्सकको लापारवाहीले मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
प्रसुतीको लागि हिजो पुर्वान्ह साढे ११ बजे अस्पताल पुगेकी रौतहट निगाहापुर घर भई हाल सृजनाचोकमा बस्ने २७ वर्षिय कल्पना तिमिल्सिनाको चिकित्सकको लापर्वाहीले मृत्यू भएको आफन्तले आरोप लगाएका हुन् ।
प्रसुतिको समयमा चिकित्सिकको ढिलासुस्ती र लापार्वाहीले तिमिल्सिनाको मृत्यु भएको भन्दै उनीहरुले विरोध जनाएका छन् । दोषी चिकित्सक र नर्सलाई कार्वाही नभएसम्म मृतकको शव बुझ्न अस्वीकार गरेका छन् ।
तर अस्पतालले भने तिमिल्सिनाको मृत्यूमा चिकित्सकको कुनै दोष नरहेको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट बुद्धिबहादुर थापाले कहिलेकाहिं यस्ता अपवादका घटना चिकित्सकीय उपचारका क्रममा हुने भन्दै यसलाई नउचाल्न आग्रह गरे ।

प्रकाशित मिति:
November 20, 2013