समानुपातिकतर्फका ३ सय २ जनाको उम्मेदवारी रद्द
कात्तिक २९ । आसन्न संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका ३ सय २ जनाको उम्मेदवारी रद्द भएको छ ।
निर्वाचन आयोगले मापदण्ड नपुगेको भन्दै उनीहरूको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको हो ।
आयोग पदाधिकारीहरूको बिहीबार बसेको बैठकले उमेर नपुगेका, प्रत्यक्ष र समानुपातिकतर्फ दोहोरो नाम परेका, बेग्लाबेग्लै राजनीतिक दलको बन्दसूचीमा परेका र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराइएका भए पनि जिल्लाका नागरिक वा मतदाता नभएको आधारमा बन्दसूचीबाट हटाएको नागरिकमा खबर छ ।
आयोगको यो निर्णयसँगै यसअघि सार्वजनिक समानुपातिकतर्फका ११ हजार ११ उम्मेदवारमध्ये ३ सय २ जना घटेका छन्।

प्रकाशित मिति:
November 15, 2013