राज्यलै आतंक खडा गरिररहेको माओवादीको स्पटोक्ति, हिंसा अस्वीकार
मंसिर २ । नेकपा–माओवादीले पछिल्लो पटक देशमा भईरहेका हिंसात्मक घटनामा आफ्नो पार्टीको संलग्नतालाई अस्वीकार गरेको छ । माओवादीले राज्यले नै सम्पूर्ण शक्ति प्रयोग गरेर दमन धरपकड गर्दै उल्टै आतंक खडा गरिरहेको आरोप समेत लगाएको छ ।
माओवादीले राष्ट्रघाती तथा जनविरोधी शक्तिहरुले ३३ दलिय मोर्चाको आन्दोलनलाई बदनाम गराउन हिंसात्मक घटनाहरु घटाइरहेको पनि जनाएको छ ।
कतिपय देशी विदेशी प्रतिगामी शक्तिहरुले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन आतङ्ककारीको रुपमा परिभाषित गर्दै थप दमन निम्त्याउन खोजिरहेका छन्, पार्टी अध्यक्ष मोहन वैद्यद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, 'राज्यशक्तिको दुरुपयोगका कारणले कतिपय दुःखद घटना पनि घटेका छन्, त्यसप्रकारको घटनाप्रति हामी दुःखित छौं ।'
माओवादीले पूर्वघोषित मंसिर ४ गते ५ बजेसम्मको चक्काजासहितको बहिष्कार आन्दोलनलाई सशक्त, शान्तिपूर्ण र प्रभावकारी रुपमा गरेरै छाड्ने प्रतिवद्धता समेत जनाएको छ ।
राज्य शक्तिको दुरुपयोग गर्दै चक्काजामको अवज्ञा गरिएको तथा प्रतिगामी शक्तिहरुले शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन आतङ्ककारीको रुपमा परिभाषित गर्दै थप दमन निम्त्याउन खोजिरहेको भन्दै माओवादीले सम्पूर्ण आन्दोलनकारी जनसमुदायहरुलाई ती सबै प्रकारका षड्यन्त्रहरुबाट सजग र सर्तक रहन आग्रह समेत गरेको छ ।
माओवादी अध्यक्ष वैद्यले सरकार र चार दलका शीर्ष नेताहरुले आफ्ना आग्रहलाई निषेध गर्दै जबर्जस्त रुपमा निर्वाचनलाई थोपरिरहेको भन्दै राष्ट्रिय सहमतिको लागि यस निर्वाचनलाई सक्रिय रुपले बहिष्कार गर्न सबैसंग अनुरोध समेत गरेका छन् ।
'जुनसुकै परिस्थितिमा पनि फेरि पनि राजनीतिक शक्तिहरुको बीचमा संवाद र सहमतिको विकल्प छैन' विज्ञप्तिमा भनिएको छ, 'संवाद र नयां राष्ट्रिय सहमतिको पक्षमा सरकार, राजनीतिक दलहरु र नागरिक समाज सबैबाट सकारात्मक पहलका लागि हाम्रो पार्टी पुनः हार्दिक आग्रह गर्दछ ।'

प्रकाशित मिति:
November 17, 2013