भित्रियो तिहार, आज गरियो कागको पूजा
कात्तिक १५ । बत्ति र मालाले झिलिमिलिमय मानिने हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ ।
कात्र्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्धितीयासम्म गरी पाँच दिनसम्म तिहार मनाउने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ ।
तिहारलाई दाजुबहिनी वा दिदीभाइको प्रगाढ सम्बन्धको प्रतीकको रुपमा लिइने गरिन्छ । भाइटीकाको दिन दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने गर्छन् भने दिदीबहिनीले विभिन्न परिकार दिएर पूजा गरी माला पहिराउछन् ।
यसबाट आपसी स्नेह बढी दाजुभाइको यश तथा आयु बढ्ने र सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ ।
यस वर्ष भाइटीकाको साइत कात्र्तिक १९ गते बिहान ११ बजेर २७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । यद्यपी सो दिन दिनैभरी टीका लगाउन उपयुक्त हुनेछ ।
प्रकाशित मिति:
November 01, 2013