मौरीबाटै पैसा मालामाल
दिप बहादुर घर्ति/जाजरकोट
कार्तिक २४ । खलंगा गाउँ विकास समिति ८ मैदेका किसानले एक सिजनमा सय धार्नी महँ बिक्री गर्ने गरेका छन् । ब्यबसाहीक मौरी पालन गर्न थालेपछि यसरी महँ बिक्री गर्न लागेका हुन ।
कार्तिक २४ । खलंगा गाउँ विकास समिति ८ मैदेका किसानले एक सिजनमा सय धार्नी महँ बिक्री गर्ने गरेका छन् । ब्यबसाहीक मौरी पालन गर्न थालेपछि यसरी महँ बिक्री गर्न लागेका हुन ।
१४ बर्षको उम्मेर देखि मौरी पालन गर्दै आएर हाल एक सिजनमा सय धार्नी आफुले महँ बिक्री गर्ने मैदेका मौरी कृषक नर बहादुर रानाले बताए । उनीले आफु ४३ बर्षको उम्मेरमा १३ वटा आधुनिक, १३ वटा मुढे घारमा गरी २६ वटा मौरी पालन गर्दै आएको छु भने । आफुले १० रुपैया धार्नी देखि हाल घरमै ९सय रुपैया सम्मले महँ बेचिरहेको ३० वटा मुढे घारमा मौरी पालन गर्दै आएका मैदेकै ६० बर्षे पुने रानाले वताए । उनीले ३० वटा मुरे घारबाट एक सिजनमा ५० धार्नी महँ बिक्री गरीरहेको छु भने ।
मुढे घारमा एक बर्षमा ४ पटक सम्म महँ कार्न मिल्ने पनि पुने रानाले उल्लेख गरे । उक्त मैदेको गाउँमा सबै भन्दा बढी मौरी पालन गर्नेले सय वटा सम्म मौरी पालन गरेको बलजीत रानाले वताए । उनीले सिजनमा ४ सय घार्नी सम्म महँ बेच्न सक्छन भने ।
जिल्ला कृर्षि विकास कार्यालय जाजरकोटले महँ र मौरीको पकेट क्षेत्रका रुपमा खलंगाको मैदे, डाडाँगाउँको पाली, कल्पतलाई मान्दै आएको छ । मौरीको लागी अति उत्तम खाना च्युरीको फुलको रस हो । पाली, कल्पत, मैदे को घना जंगलनै च्युरीकै भएको हुदा यस क्षेत्र मौरीका लागी उत्तम ठाउँ हो । च्युरीलाई कुनै बर्ष रोग लागेर फुलनै नसक्ने पातहरु खुम्चने भएको हुदा मौरीले महँ उत्पादन गर्न नसक्ने मौरी कृषकहरुको भनाई छ ।
मौरी कृषक नर बहादुर रानाले आफ्नो घरमा महँ कार्दै । तस्वीरः दिप बहादुर घर्ति |
च्युरी र मौरीलाई लाग्ने विभिन्न रोगका वारेमा कृर्षि विकास कार्यालयले कुनै औषधि गर्न नसकेको गुनासो किसानहरुले गर्न थालेका छन । यस क्षेत्रमा उत्पादन भएको शुद्ध मौरीको महलाई बिक्री गर्ने उचित बजार ब्यबस्थापन हुन नसकेको मैदेकै ढकवीर रानाले बताए । महँको उचित बजार ब्यबस्थापनका लागी लगानीकर्ताको प्रबद्र्धन गर्नु पर्छ ढकवीर रानाले भने । यो कार्तिकको सिजनमा मात्र यस क्षेत्रमा मेट्रीटनको हिसाबमा महँ उत्पादन हुने जिल्ला कृर्षि विकास कार्यालयले वताएको छ ।
प्रकाशित मिति:
November 10, 2013