बाबुरामको क्षेत्रमा एमाओवादीद्धारा बुथ कब्जा
मंसिर ४ । एमाओवादी नेता डा. बाबुराम भट्टराई उम्मेदवार रहेको गोरखा जिल्लामा बुथ कब्जा भएका छन् ।
नामजुङ जनशक्ति मावि, हर्मीको महेन्द्रलिला उच्च मावि, ग्याल्चोकको पातलदेवी निमावि, गाइखुरको सरस्वती प्रावि, भैरुङको बाँसकोटको हिमालय माविमा एमाओवादीले अरु दलका मतदातालाई भोट हाल्न नदिएको बताएका छन् ।
एमाओवादीका कार्यकर्ताले मतदान केन्दमै मतदाताको परिचय पत्र खोसेर आफैले मतदान गरेको समेत कांग्रेसले जनाएको छ ।
क्षेत्र नम्बर १ को घैरुङ गाविसस्थित वास्कोट र घयाल्चोक गाविसमा रहेका मतदान केन्द्रमा मतदानका लागि बसेका मतदाताको परिचयपत्र खोसेर आज एमाओवादीका कार्यकर्ताले मतदान गरेको कांग्रेसका उम्मेदवार किरणबाबु श्रेष्ठले जानकारी दिएका छन् ।
एमाओवादी कार्यकर्ताले मतदाता परिचय पत्र खोस्न थाले पछि भएको झडपमा कांग्रेसका दुई जना घाइते भएका छन् । कांग्रेसले सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले पनि एमाओवादीलाई साथ दिएको जनाएको छ ।

प्रकाशित मिति:
November 19, 2013