• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » डेढ सय भन्दा बढी एमाओवादी नेताको घटुवा हुंदै
डेढ सय भन्दा बढी एमाओवादी नेताको घटुवा हुंदै

काठमाडौं, २२ पुस । एकीकृत नेकपा माओवादीले डेढ सय भन्दा बढी केन्द्रीय सदस्य घटुवा हुने भएका छन् ।

पुस २६ देखि सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्धारा पेश गर्न तयार गरिएको दस्तावेजमा केन्द्रीय समितिलाई सानो बनाउने संगठानात्मक प्रस्ताव अन्तर्गत डेढ सय बढी नेता घटुवा हुने भएका हुन् । दाहालको प्रस्तावमा राज्य र जिल्ला समिति पनि सानो आकारको बनाउने पनि उल्लेख छ ।

पार्टीको हेटौंडा महाधिवेशनबाट निर्वाचित ९९ जनाको केन्द्रीय समिति बनाउने तथा पूर्वपोलिटब्यूरोमा रहेका ५१ सदस्य केन्द्रीय समिति बनाउने भन्ने विषयमा पार्टीमा छलफल भईरहेको बताइएको छ ।

एमाओवादीमा हाल पूर्ण र वैकल्पिक गरी केन्द्रीस्य समितिमा २ सय ६६ सदस्यीय छ । जसमा चुनावका बेला १५ जना केन्द्रीय सदस्य थप गरिएको थियो । यस अर्थमा एमाओवादीले ९९ जनाको केन्द्रीय समिति बनाएमा १६७ जना र ५१ सदस्यीय बनाएको खण्डमा भने २ सय १५ जना केन्द्रीय सदस्य घटुवा हुने भएका छन् ।

भद्धा तथा ठूलो संख्यामा अनावश्यक कमिटी थोपरेका कारण पार्टीले चुनावमा अनपेक्षित नतिजा आएको भन्दै कार्यकर्ताको चर्को दबाबपछि एमाओवादी नेतृत्वले संगठनात्मक प्रणाली परिवर्तन गर्न लागेको हो ।

एमाओवादी नेता पोष्ट बहादुर बोगटीले भने केन्द्रीय समितिबाट घटुवा गर्ने भन्ने तयारीबारे खुलाउन चाहेनन् । तर एमाओवादीकै उच्च स्रोतले भने अध्यक्ष दाहालले केन्द्रीय समितिमा प्रस्तुत गर्ने तयारी गरेको दस्तावेजमा पार्टी संगठन सानो बनाउने उल्लेख भएको र संख्याको विषयमा भने निर्णय नभएको दाबी गरेको छ ।

यता, बरिष्ठ नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरुले भने पार्टी अध्यक्षको दस्तावेज चित्त बुझ्दो नभए छुट्टै दस्तावेज ल्याउने तयारी गरेका छन् । चुनावमा पार्टीको पराजयमा उच्च नेतृत्वले हारको जिम्मेवारी लिनुपर्ने र सबै भन्दा माथिल्लो निकायबाट आत्मसमिक्षा गर्नुपर्ने भट्टराई पक्षको माग छ ।

प्रकाशित मिति: January 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |