• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, Political » कांग्रेसभित्र झन् झन् झाम्पियो प्रधानमन्त्री को बन्ने भन्ने विवाद
कांग्रेसभित्र झन् झन् झाम्पियो प्रधानमन्त्री को बन्ने भन्ने विवाद


पुस २७ । संविधानसभाको निर्वाचनपछि पहिलो दल बनेको नेपाली कांग्रेस भित्र प्रधानमन्त्री को बन्ने भन्ने विषयमा विवाद झन् चुलिएरै गएको छ ।

सभापति सुशिल कोइराला, उपसभापति रामचन्द्र पौडेल तथा बरिष्ठ नेता शेर बहादुर देउवा तीनै जना प्रधानमन्त्रीको आकांक्षी देखिएपछि कांग्रेसको विवाद चर्किन पुगेको छ । 

उपसभापति पौडेलले शनिबार समेत तनहुँमा आयोजित एक कार्यक्रममा संविधान जारी नहुन्जेल सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने भनाई दोहोर्याएका छन् ।

 सभापति सुशिल कोइरालाले पार्टीको नेतृत्व गरिरहेको र बरिष्ठ नेता शेरबहादुर देउवाले धेरै पटक सरकार चलाउने अवसर पाइसकेकोले यस पटक संविधान जारी नहुन्जेलसम्मको लागि सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने उनको माग थियो ।

तर उनलाई सरकारको नेतृत्व दिन सभापति कोइराला भने तयार देखिएका छैनन् । कोइराला आफैं सभापति भएको हैसियतमा प्रधानमन्त्री बन्नुपर्ने पक्षमा छन् । सभापतिको हैसियतले कोइरालाले नेतृत्व माग्नु जायज पनि भएको पार्टी भित्र चर्चा छ ।

कांग्रेस महामन्त्री प्रकाशमान सिंहले पनि  सभापति सुशील कोइराला नै कांग्रेसको एकमात्रै प्रधानमन्त्रीको उम्मेदवार भएको बताएका छन् ।

कोइराला र पौडेलको प्रधानमन्त्रीको लडाईसँगै बरिष्ठ नेता देउवा समेत आफूले प्रधानमन्त्री पाउनु पर्ने दाबी गरिरहेका छन् ।

यसरी तीन जना नेताले नै प्रधानमन्त्रीको दाबी गरिरहँदा सरकार बन्न समेत ढिलाई भईरहेको छ भने यसले संविधानसभाको बैठक लगायतका काम समेत पछि पार्दै गएको छ ।

प्रकाशित मिति: January 11, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |