• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » काङ्ग्रेस भित्रै राष्ट्रपतिको विषयमा विवाद
काङ्ग्रेस भित्रै राष्ट्रपतिको विषयमा विवाद

माघ १७ । संविधानसभाको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसभित्र नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे विवाद सुरु भएको छ ।
राष्ट्रपति

राष्ट्रपति र उराष्ट्रपतिको निर्वाचन गर्नु नहुने अडानमा रहँदै आएको काङ्ग्रेस भित्र पछिल्लो समय यस्तो कचिङ्गल सुरु भएको हो । 
संसदीय दलको नेतामा सभापति सुशील कोइराला निर्वाचित भएसँगै बरिष्ठ नेता शेरवहादुर देउवा पक्षधर नेताहरुले भने सहमतीय सरकार र संविधान लेखन सहज वातावरण बनाउन राष्ट्रपति र उराष्ट्रपतिको निर्वाचनको छलफल चलाउनु पर्ने बताउन थालेका छन् । 

संस्थापन पक्ष भने राष्ट्रपति र उराष्ट्रपतिको निर्वाचनको छलफल नै अघि बढाउन नहुने अडानमा छ । नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरुले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने बताउँदै आएका छन् । संस्थापन पक्षधर केही र देउवानिकट केन्द्रीय सदस्य र सभासदहरुले पार्टीको नेतृत्वमा सहमतीय सरकार बन्ने अवस्थामा सबै विकल्प खुल्ला राख्नुपर्ने सुझाव नेतृत्वलाई दिइरहेका छन । 

देउवा निकट नेताहरुले सभापति सुशील कोइरालाको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयबारे पार्टीभित्रै दुईपक्षवीच ‘पावर सेयरिङ’ हुनुपर्ने माग समेत जोडदार रुपमा उठाउँदै आएको बुझिएको छ ।

प्रकाशित मिति: January 31, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |