काङ्ग्रेस भित्रै राष्ट्रपतिको विषयमा विवाद
माघ १७ । संविधानसभाको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसभित्र नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे विवाद सुरु भएको छ ।
![]() |
राष्ट्रपति |
राष्ट्रपति र उराष्ट्रपतिको निर्वाचन गर्नु नहुने अडानमा रहँदै आएको काङ्ग्रेस भित्र पछिल्लो समय यस्तो कचिङ्गल सुरु भएको हो ।
संसदीय दलको नेतामा सभापति सुशील कोइराला निर्वाचित भएसँगै बरिष्ठ नेता शेरवहादुर देउवा पक्षधर नेताहरुले भने सहमतीय सरकार र संविधान लेखन सहज वातावरण बनाउन राष्ट्रपति र उराष्ट्रपतिको निर्वाचनको छलफल चलाउनु पर्ने बताउन थालेका छन् ।
संस्थापन पक्ष भने राष्ट्रपति र उराष्ट्रपतिको निर्वाचनको छलफल नै अघि बढाउन नहुने अडानमा छ । नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरुले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने बताउँदै आएका छन् । संस्थापन पक्षधर केही र देउवानिकट केन्द्रीय सदस्य र सभासदहरुले पार्टीको नेतृत्वमा सहमतीय सरकार बन्ने अवस्थामा सबै विकल्प खुल्ला राख्नुपर्ने सुझाव नेतृत्वलाई दिइरहेका छन ।
देउवा निकट नेताहरुले सभापति सुशील कोइरालाको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयबारे पार्टीभित्रै दुईपक्षवीच ‘पावर सेयरिङ’ हुनुपर्ने माग समेत जोडदार रुपमा उठाउँदै आएको बुझिएको छ ।
प्रकाशित मिति:
January 31, 2014