पूर्वप्रधानन्यायाधीश तथा २०४७ का मस्यौदाकार उपाध्याय रहेनन्

मस्तिष्कमा रगत जमेपछि उपचारका लागि राजधानीको न्यूरो अस्पतालमा भर्ना गरिएका उपाध्यायलाई शल्यक्रियापछि भेन्टिलेटरमा राखिए पनि उपचार सफल हुन सकेन ।
८४ वर्षीय उपाध्यय नेपालको न्यायक्षेत्रले सर्वाधिक नामी व्यक्ति थिए । उनको दाहसंस्कार शुक्रबार पशुपति आर्यघाटमा भएको छ ।
उनको अन्तिम संस्कारमा न्याय क्षेत्रका उच्चपदस्थ, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, संविधानसभाका वर्तमान अध्यक्ष सूर्यबहादुर थापालगायत उपस्थित थिए ।
प्रकाशित मिति:
January 31, 2014