• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » भट्टराईद्धारा राष्ट्रिय सम्मेलनका सट्टा महाधिवेशनको प्रस्ताव
भट्टराईद्धारा राष्ट्रिय सम्मेलनका सट्टा महाधिवेशनको प्रस्ताव

काठमाडौं, १७ माघ । एमाओवादीभित्र नेतृत्व परिवर्तनको एजेण्डा उठाउदै आएका पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराईले महाधिवेशनको प्रस्ताव गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा शुक्रबार बसेको पूर्व पोलिटब्यूरो सदस्यहरुको बैठकमा भट्टराईले राष्ट्रिय सम्मेलनले पार्टीमा देखिएको समस्या समाधान नगर्ने भन्दै महाधिवेशनको प्रस्ताव ल्याएको पूर्व पोलिटब्यूरो सदस्य देवेन्द्र पौडेलले बताए ।

एमाओवादी अध्यक्ष दाहालले बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने र तयारी गरेर मात्र महाधिवेशनमा जाने प्रस्ताव ल्याएपछि भट्टराईले राष्ट्रिय सम्मेलनको सट्टा महाधिवेशनको प्रस्ताव अघि सारेका हुन् । भट्टराईले उक्त प्रस्ताव राखेपछि अध्यक्ष दाहालले भने आफूहरु महाधिवेशन गर्न हुन्न भन्ने पक्षमा नभएको तर एकैचोटी गर्दा तयारी नपुग्ने भएकाले पहिले राष्ट्रिय सम्मेलन र त्यसपछि महाधिवेशन गर्ने योजना रहेको बताएको नेता पौडेलले बताए ।

पूर्वपोलिटब्यूरो बैठकमा सहमति नजुटेपछि शनिबार बिहान कार्यालयको बैठक बसेर सहमति जुटाइने भएको छ । शनिबारका लागि बोलाइएको केन्द्रिय समिति बैठकमा दाहालले आफ्नो प्रस्ताव समेत राख्दैछन् । आफ्ना मागलाई सम्बोधन नगरे नेता भट्टराईले दाहालको प्रस्तावमा असहमति जनाउ“दै आफ्नो विचार राख्ने स्रोतको दाबी छ ।

चुनावमा पार्टी पराजय भएपछि नेता भट्टराईले एक वर्षसम्म कुनै पनि सरकार तथा अन्य पदमा नबस्ने घोषणा गर्दै अध्यक्ष लगायत अन्य पदाधिकारीले समेत जिम्मेवारी लिदै नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग उठाउदै आएका छन् ।

प्रकाशित मिति: January 31, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |