• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » कांग्रेसको विवाद उस्तै, संसदीय दलको नेता छान्न समिति गठन
कांग्रेसको विवाद उस्तै, संसदीय दलको नेता छान्न समिति गठन

माघ ५ । निर्वाचनपछि पहिलो ठूलो दल बनेको नेपाली कांग्रेसभित्रको विवाद साम्य हुन सकेको छैन ।

संसदीय दलको नेता प्रधानमन्त्री हुने कांग्रेसको व्यवस्था अनुसार उक्त पदमा सबैको महत्वकांक्षी बढेर गएपछि विवाद मिल्न नसकेको हो । विवाद मिलाउन कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन समेत गरेको छ ।

 पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टी प्रवक्ता दिलेन्द्र बडुको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल दलको नेताका लागि आकांक्षी छन् । तीन नेताबीच पटक–पटक वार्ता भएपनि सहमति बनिसकेको छैन ।

प्रकाशित मिति: January 19, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |