• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » १३ वर्षमा बेहुली बनिन्, १४ वर्षमा आमा
१३ वर्षमा बेहुली बनिन्, १४ वर्षमा आमा

विराटनगर,  पुस ३० । १३ वर्षको उमेरमा बेहुली बनेकी रबिता मल्लिक १४ वर्ष पूरा नहुँदै आमा बनिन्। उनले पहिलो सन्तान छोरी जन्माइन्। अहिले काखमा चार महिनाका छोरा छन्। उनको उमेर १६ वर्ष भयो। रबिताको घर विराटनगर उपमहानगरपालिका–१५ स्थित मरिक वस्तीमा पर्छ। माइती भारतको रमैकी हो।

उनकी छोरी भने धेरै बाँचिनन्। जन्मेको केही दिनमै मरिन्। छोरी सम्झँदा भक्कानिँदै रबिताले भनिन्, 'एक्कासि बिरामी परी के भयो थाहै भएन।' सामान्य ओखतीमूलो गरे पनि उनले छोरीलाई बचाउन सकिनन्।
सोही टोलकै तुलसा मरिकको चाहिँ १४ वर्षको उमेरमा विवाह भयो। अहिले तीन वर्षकी छोरी छन्। पति १८ वर्षका भए। तुलसाका साथीहरू पनि भर्खरै विवाह गरेका तेह्रचौध वर्ष उमेर समूहका छन्। उनका नन्ददेउरानीको उमेर पनि त्यही हो। तीमध्ये धेरैले त छोराछोरी नै जन्माइसकेका छन्। तुलसा भन्छिन, 'पढ्ने रहर हुँदाहुँदै सानैमा विवाह भइहाल्छ। छोरीलाई धेरै उमेरसम्म घरमा राख्नु हुन्न भन्ने सोचाइ हाम्रो समुदायमा छ।'

मरिक टोलमा किशोर अवस्थामै विवाह गर्नेहरू घरैपिच्छे भेटिन्छन्। धेरैले पन्ध्र वर्ष पुग्दानपुग्दै सन्तान जन्माएका छन्। विराटनगर हाटखोलमा माइतीघर भएकी खुस्बु मरिक भन्छिन, 'कतिले त बच्चा पेटमा आएपछि नै गौना गरेर छोराछोरीको विवाह तोक्छन्।' गौना एउटा चलन हो। जसअनुसार छोराछोरी जे जन्मिए पनि बाह्रतेह्र वर्ष उमेर पुगेपछि विवाह गरिदिने बाचा हुने गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।

मरिक समुदायमा किशोर अवस्थामा विवाह गर्नु हुन्न भन्ने चेतनाको कमी छ। 'हाम्रो समाजमा तेह्र वर्ष पुगेपछि छोरीको बिहे गरिन्छ', स्थानीय राजेश मरिक भन्छन्।

प्रकाशित मिति: January 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |