टिभिएस उइगो मिस टिन कलेजका लागि ४० जना छानिए (तस्बीर समाचार)

टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो ।
विगत पाचँ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो पहिलो चरणको संस्करणको लागि उपत्यकामा रहेका ५० मन्दा वढि विभिन्न कलेजहरुवाट १०० भन्दा बढी छात्राहरूको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए । ‘Create Your College Identity’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नु साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको वन्तले बताए ।
.jpg)
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई माघ १९ गते आइतवार वाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजीट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ ।
फाल्गुन दोस्रो साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ । प्रतियोगिताका विजेताले “ टिभिएस उइगो मिस टिन कलेज ” को ताज उपाधि सहित रु एकलाख ४० हजार पर्ने स्कुटर र उच्च शिक्षामा ५०हजार वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु २५ हजार र रु १५ हजार साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १४ विधामा पनि आगामी फाल्गुनको दोस्रो हप्ता नाचघर जमलमा विजेता छनौट गरिनेछ ।
प्रकाशित मिति:
January 30, 2014