• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » आर्मीहरुले सुसुल्नै नपाउने
आर्मीहरुले सुसुल्नै नपाउने

पुस २४ । नेपाली सैनिक सेवामा हुनेहरुले साथीलाई बोलाउँदा पनि सुसुल्दा होस् पुर्याउनुपर्ने भएको छ ।

सेनाले पुस १९ बाट लागू गरेको नेपाली सेनामा लैंगिक आचारणसम्बन्धी निर्देशका, २०७० ले कसैलाई हेरेर सुसेल्नुलाई यौनजन्य गतिविधिमा राखेर कारबाहीको व्यवस्था राखेपछि अब होस् गर्नुपर्ने भएको हो ।

सेनासम्बन्धी कुनै सभा, समारोह तथा पार्टीमा सहकर्मीलाई गलत मनशायले छुने, थपथपाउने, अनिच्छित चुम्बन लिने वा अँगालो मार्र्नेजस्ता गतिविधि गरे सरकारी जागिरका लागि सदा अयोग्य हुनेगरी सैनिक सेवाबाट निकालिने मात्र होइन, कैदसजायकै भागीदार हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

निर्देशिकाले यस्ता घटनामा संलग्नलाई मात्र होइन, देखीजानी चुप लाग्नेलाई समेत ुप्रोत्साहन दिएकोु अभियोगमा सजाय गर्ने खबर आजको नागरिक दैनिकले छापेको छ ।

सैनिक व्यक्ति– पुरुषले महिलालाई, महिलाले पुरुषलाई र पुरुषरपुरुषबीच तथा महिलारमहिलाबीच आफू सेवामा रहेको जुनसुकै समयमा यौनजन्य दुर्व्यवहार गरे त्यसलाई ुगम्भीर अपराधु मानिने लैंगिक आचरण सेनाले व्यवहारमा ल्याएको हो।

प्रकाशित मिति: January 08, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |