• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » म्यानपावर व्यवसायीद्धारा दिनदिनै करौडौं ठगी
म्यानपावर व्यवसायीद्धारा दिनदिनै करौडौं ठगी

पुस २४ ।  म्यानपावर व्यवसायीले विदेश जाने कामदारबाट सरकारले तोकेभन्दा तीन गुणा बढी सेवाशुल्क उठाएर दिनदिनै करोड भन्दा बढीको गठी हुँदै आएको पाइएको छ ।

सरकारले प्रतिकामदार तोकेको ५ हजार भन्दा तीन गुणा बढी रकम लिएर दिनमै करोड भन्दा बढी ठग्ने गरेको पाइएको हो । नेपालबाट प्रत्येक दिन कामदारका लागि बिदेसिनेको संख्या १ हजार छ। ५ हजार भनिएकोमा व्यवसायीले १५ हजार लिने गरेको तर भरपाई भने ५ हजार मात्रै लिने गरेको पाइएको हो ।

सरकारले सेवाशुल्कबापत ५ हजार लिनुपर्ने नियम बनाए पनि व्यवसायीले सेवाशुल्क थोरै भएको र कम्पनीलाई घाटा हुने भन्दै १५ हजार लिँदै आएका छन्।

कतार जान लागेका रौतहटका एक कामदारले एसओएस म्यानपावरमा आइतबार सेवाशुल्क १५ हजार तिरेको बताए। 'सेवाशुल्कबापत १५ हजार तिरें तर कम्पनीले ५ हजारको मात्र सेवाशुल्क उल्लेख गरेर भरपाई दिएको छ,' उनले भने।

मलेसिया दूतावासले विभिन्न शीर्षकमा शुल्क वृद्धि गरेको भन्दै आन्दोलनमा उत्रेका व्यवसायी आफैंले भने सरकारले तोकेको सीमाभन्दा १० हजार रुपैयाँ बढी रकम असुल्दै आएको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: January 08, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |