छोराले गरे आफ्नै बाबुको हत्या
माघ १८ । कञ्चनपुरमा आफ्नै बुवाको हत्या एक छोराले गरेका छन् ।चाँदनी गाउँ विकास समिति वडा नम्बर १ मा गएराति छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।
मादक पदार्थ सेवन गरेका २२ वर्षीय चोकबहादुर थापाले ५४ वर्षीय छविलाल थापाको बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
छविलाल सुतिरहेको अवस्थामा चोकबहादुरले बन्चरो प्रहार गरेका थिए । हत्याका आरोपी चोकबहादुर फरार छन् । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रकाशित मिति:
February 01, 2014