• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » शिविर भ्रष्टचार छानबिन नगरे हतियार उठाउने बहिर्गमित पूर्व लडाकूको चेतावनी
शिविर भ्रष्टचार छानबिन नगरे हतियार उठाउने बहिर्गमित पूर्व लडाकूको चेतावनी

फोटो: फाइल
माघ १८ । लडाकूहरुको शिविरमा भ्रष्टाचार भएको विषयमा छानबिन गर्न बहिर्गमित पूर्व लडाकूहरुले माग गरेका छन् ।

शिविर भ्रष्टचारको छानबिन नगरिए अन्तराष्ट्रिय समुदायको सहयोग लिने र त्यसबाट पनि नभए हतियार उठाउने चेतावनी समेत उनीहरुले दिएका छन् ।

राजधानीमा शनिबार पत्रकार सम्मेलन गरेर उनीहरुले एमाओवादी पार्टी भ्रष्टाचार र तस्करीको अखडा भएको आरोप समेत लगाएका छन् ।
बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले भ्रष्टाचारको मुद्दा उठाउँदा आफूलाई बाबुराम भट्टराईको सरकारले विभिन्न झुठा मुद्दा लगाई एक वर्षसम्म जेल बस्न बाध्य गराएको समेत जनाएका छन् ।

१ करोड धरौटी राख्नु पर्ने भन्नै फैसला सुनाएपछि पूर्व लडाकू विष्ट २०६९ माघ १० देखि हिरासतमा थिए । अदालतले उनलाई सफाइ दिएपछि उनी गत माघ १० गते कारागार मुक्त भएका हुन् ।

प्रकाशित मिति: February 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |