• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » प्रधानमन्त्री छान्न सोमबार निर्वाचन
प्रधानमन्त्री छान्न सोमबार निर्वाचन


काठमाडौं,  माघ । बहुमतीय प्रणालीमार्फत नया प्रधानमन्त्री चयनका लागि आगामी सोमबार व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको चुनाव हुने भएको छ ।

संसदको कार्यव्यवस्था समितिको मंगलबार बसेको बैठकले सोमबार एघार बजे बहुमतीय प्रधानमन्त्रीको चुनाव गर्ने तय गरेको हो । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत समेत तोकिएको छ ।

निर्वाचन सम्बन्धी विस्तृत कार्यक्रम भने बुधबार सार्वजनिक गरिने तयारी गरिएको छ । सबै दलका प्रतिनिधि सम्मिलित हुने कार्यव्यवस्था समितिमा सहमति जुटेकाले संविधानसभाको ज्येष्ठ सदस्य सूर्य बहादुर थापाले बुधबारको बैठकमा चुनावको घोषणा गर्नेछन् ।

यसअघि राष्ट्रपति डा. रामवरण यादवले सहमतीय प्रणालीबाट नया“ सरकार गठन हुन नसकेपछि संविधानको धारा ३८ (२) अनुसार बहुमतीय बाटोबाट सरकार गठनका लागि व्यवस्थापिका संसदलाई पत्र पठाएका थिए ।

सहमतीय सरकार निर्माणका लागि एक हप्ता दिइएको समयावधिमा दलहरुबीच सहमति जुट्न नसकेपछि अब बहुमतीय प्रणालीबाट प्रधानमन्त्री चुनिने भएको हो ।

संविधानसभाको चुनावपछि प्रधानमन्त्रीमा प्रमुख दल नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले दाबी गर्दै आएका छन् । तत्काल प्रधानमन्त्रीका लागि नेकपा एमाले, एमाओवादी तथा राप्रपा नेपालले दाबी नगर्ने भएपछि कोइराला बहुमतीय बाटोबाट सर्वसम्मत प्रधानमन्त्री बन्ने सम्भावना समेत रहेको छ । सर्वसम्मत प्रधानमन्त्री उनी एक्लो प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्ने हुन्छ । साना दलले प्रधानमन्त्रीको उम्मेदवारी नदिए कोइराला सर्वसम्मत प्रधानमन्त्री बन्नेछन् ।

प्रकाशित मिति: February 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |