• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Political » एमाओवादी सच्चिए वैद्य माओवादीले पार्टी एकता गर्ने
एमाओवादी सच्चिए वैद्य माओवादीले पार्टी एकता गर्ने

काठमाठौं, माघ २० । नेकपा–माओवादीले कार्यदिशा सच्चाएर आएमा एमाओवादीस“ग पार्टी एकता गर्न तयार रहेको बताएको छ । हेटौंडा महाधिवेशनले लिएको कार्यदिशा सच्चाएर पार्टी भित्रका विकृति हल गर्न एमाओवादी तयार रहेको अवस्थामा कार्यगत र पार्टी एकता गर्न सकिने माओवादीले जनाएको छ ।
कार्यदिशा नसच्चाउने हो भने पार्टी एकता मात्रै नभएर उक्त कुरा सोच्न समेत नसकिने मोहन वैद्य नेतृत्व माओवादीको भनाई छ । 

यसअघि केही दिन अघि मात्रै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रमका बिच पार्टी एकताका लागि प्रस्ताव गरेस“गै वैद्य नेतृत्वको माओवादीले कार्यदिशा सच्चाएको खण्डमा पार्टी एकता गर्ने औपचारिक धारणा सार्वजनिक गरेको हो ।

एमाओवादीस“ग एकता गर्न हाम्रो पार्टी तयार छ’ पोलिटब्यूरो बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले भनेर्– एकताका लाग हेटौंडा महाधिवेशनले लिएको गलत कार्यदिनका साथै पार्टी भित्रका विकृति र विसंगति सच्चाउन जरुरी छ, त्यसो होइन भने एकता गर्न त त्यसबारे सोच्न समेत सकिन्न ।’

कार्यक्रममा एमाओवादीसग कार्यगत र पार्टीगत एकताको लागि संवाद र छलफलको ढोका खुला राखिने भन्दै अध्यक्ष वैद्यले अहिलेकै अवस्थामा पार्टी एकता गर्नै नसकिने स्पष्ट पारे । 

नेकपा–माओवादीले अहिलेकै स्थितिमा संविधानसभाबाट संविधान बन्न नसक्ने भन्दै संविधानसभा बाहिरबाटै सहमति खोज्न आग्रह समेत गरेको छ ।
दोस्रो संविधानसभाबाट संविधानसभाको एजेन्डा उठाउने महत्वपूर्ण क्रान्तिकारी राजनीतिक शक्ति बाहिरिएको र संविधानसभामा पुरानै विचारधाराका राजनीतिक शक्ति हावी भएको भन्दै यो संविधानसभाबाट जनताले चाहेको संविधान बन्नै नसक्ने माओवादीको ठहर छ ।

अध्यक्ष वैद्यले देशको निकासको एक मात्र विकल्प सर्वपक्षिय सम्मेलन भएकाले सर्वपक्षीय सम्मेलन गर्न माग समेत गरेका छन् । सर्वपक्षीय सम्मेलनबाट शान्ति प्रक्रिया र संविधान निर्माणमा देखिएका अन्यौलनता हल गर्न सकिने माओवादीको भनाई छ ।

संसदमा पेश भएको संगठित अपराध, सुपर्दगी, सम्पत्ति सुद्धिकरासहितका अध्यादेशहरु राष्ट्रघाती र जनविरोधी भएको भन्दै विरोधका कार्यक्रम गर्ने पोलिटब्यूरो बैठकले निर्णय गरेको समेत जानकारी गराइएको छ । साथै राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका दृष्टिले गम्भीर बन्दै गएको भन्दै भारतीय लगानीमा बन्न लागेको माथिल्लो कर्णाली, अरुण तेस्रोसहितका आयोजनाको समेत माओवादीले विरोध गरेको छ ।

वैद्य माओवादीले फागुन १ गते जनयुद्ध दिवस, फागुन १४ देखि २१ सहिद सप्ताह, ८ मार्चको महिला दिवस, चैत ५ को सांस्कृतिक प्रतिरोध दिवस र चैत २४ को जनआन्दोलन दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: February 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |