• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » रिडी हाइड्रोपावरको ११ लाख कित्ता सेयर सर्वसाधरणका लागि आउने निश्चित
रिडी हाइड्रोपावरको ११ लाख कित्ता सेयर सर्वसाधरणका लागि आउने निश्चित

काठमाडौं, माघ । अरुणभ्याली हाइड्रेपावर कम्पनी र रायराइ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी समूहकै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधरणका लागि  ११ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

 कम्पनीले सोमबार नेपाल धितोपत्र बोर्डबाट ११ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको छ ।

यसरी अनुमति पाएको चाँडोमा १५ दिन ढिलोमा दुई महिनाभित्र धितोपत्र निष्कासन गर्नुपर्ने नियम रहेको छ । 

कम्पनीले रिडी खोला जलविद्युत् आयोजना निर्माणको सेयर जारी गर्न लागेको हो । कम्पनीले २०६९/७० मा दुई करोड १२ लाख नाफा कमाएको थियो । कम्पनीले छ करोड ४० लाख रुपैयाँ बिद्युत् बिक्रीबाट आम्दानी गरेको थियो । कम्पनीको पिलुवा खोला जलविद्युत् आयोजना र रिडीखेला साना जलबिद्युत् आयोजना सञ्चालनमा रहेको छ ।

सर्वसाधारणलाई निष्कासन गर्न लागेको सेयरको अंकित मूल्य एक सय रुपैयाँ रहेको छ । यो सेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी तीस करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले असोजको पहिलो साता नै स्थानिय तथा आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाको लागि तीन लाख कित्ता सेयर जारी गरिसकेको छ ।

प्रकाशित मिति: February 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |