• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » काङ्ग्रेसद्धारा बहुमतीय सरकार गठन थालनी
काङ्ग्रेसद्धारा बहुमतीय सरकार गठन थालनी

माघ २० । नेपाली काङ्ग्रेस अब बहुमतीय सरकार गठनको प्रक्रियालाई अघि बढ्ने भएको छ  । उक्त दलले बहुमतीय सरकार गठनको प्रक्रिया बारे छलफल गर्न मंगलवार केन्द्रीय कार्य समितिको बैठक आहृवान गरेको छ ।

पार्टी  सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा सोमवार बसेको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा बहुमतीय सरकार गठन, शक्तिबाँडफाँड लगायतका विषयमा केन्द्रीय सदस्यहरुको राय लिने निर्णय भएको काङ्ग्रेसले जनाएको छ ।

पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठनका लागि अधिकतम प्रयास गरिए पनि सफल नभएपछि  काङ्ग्रेस बहुमतीय सरकार गठन प्रक्रियामा अघि बढेको हो ।

सहमतीय सरकार गठनका लागि प्रयास गरिएपनि केही दलले प्रतिपक्षमा बस्ने घोषणा गरेकाले सहमतीय सरकार गठनको प्रयास असफल बनेको हो । बैठकमा सरकार गठनका क्रममा क–कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा पनि  छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: February 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |