• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » दलको नेता छान्न खनाल–ओली भिडन्तमा, कसले जित्ला त ?
दलको नेता छान्न खनाल–ओली भिडन्तमा, कसले जित्ला त ?

माघ २० । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पनि संसदीय दलको नेता छनोटको विषयमा निर्णय लिन सकेन । 

संसदीय दलको नेतामा अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओली दुबैले आफ्नो अडान नछाडेपछि बैठकले कुनै निर्णय लिन नसकेको हो ।  केन्द्रीय कमिटी बैठकले कुनै निष्कर्ष निकाल्न नसकेछि दुबै समुह गुटको भेलामा जुटेका छन् ।

उनीहरु दुबै समुहले आफ्नो पक्ष बलियो बनाउन राजधानीकै होटलहरुलाई गुटको भेला स्थल बनाएको स्रोतले बताएको छ । 

पार्टी मुख्यालय बल्खुमा सोमवार बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दलको नेतामा खनालको नाम प्रस्ताव गरेका छन् भने उपाध्यक्ष वामदेव गौतमले ओलीको नाम प्रस्ताव गरेका छन् ।

संसदीय दलको नेतामा सहमती नजुटेपछि एमालेमा निर्वाचन हुने पक्कापक्की जस्तै भएको छ । संसदीय दलको नेता छान्न निर्वाचन भए दुवै जनाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्म दुवै नेताले जित्ने दाबी गरेका छन् ।

खनाल÷नेपालसँग ९३ जना सभासद् र ओलीसँग ७१ र गौतमसँग ९ जना सभासद रहेको बताइन्छ । तर मध्यमार्गी सभासद्ले कसलाई भोट दिने हुन् हार जित भने त्यसैले निर्धारण गर्ने बताइन्छ ।

प्रकाशित मिति: February 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |