खनाललाई २३ मतले हराउँदै ओली संसदीय दलको नेता निर्वाचित
माघ २१ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई २३ मतले हराउँदै नेता केपी शर्मा ओली संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।सहमतिबाट संसदीय दलको नेता चयन हुन नसकेपछि मंगलबार दिउँसो भएको मतदानमा ओलीले ९८ मत पाए भने खनालले ७५ मत मात्रै पाएका छन् ।
एमाले संसदीय इतिहासमा पहिलोपटक निर्वाचनबाट पार्टी प्रमुखलाई हराउँदै तेस्रो बरियताका ओली दलको नेता निर्वाचित भएका हुन् ।
खनाल समूहमा रहेका उपाध्यक्ष वामदेव गौतमको बलियो साथ पाएपछि ओलीलाई दलको नेता निर्वाचित हुन सहज भएको हो । ओलीलाई गौतमसहित अर्का उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिवद्वय शंकर पोखरेल र विष्णु पौडेलको पनि साथ थियो ।
एमाले संसदीय दल, निर्वाचन समितिका प्रमुख आयुक्त सोमनाथ अधिकारी प्यासीले ओलीलाई सपथ खुवाएका छन् ।
प्रकाशित मिति:
February 04, 2014