रेफ्रिमाथि दुर्ब्यवहार गर्ने खेलाडी थापा एक वर्ष प्रतिबन्धित
काठमाडौं, माघ । रेफ्रिमाथि दुर्ब्यवहार गरेको खेलाडी दीपक थापा एक वर्ष प्रतिबन्धमा परेका छन् ।अखिल नेपाल फुटबल संघ एन्फाले रानीपोखरी कर्नर टिम आरसिटीका खेलाडी थापालाई १ वर्षको प्रतिबन्ध लगाएको हो । माघ १९ गते भएको खेलमा जाउलाखेल युथ क्लवविरुद्धको खेलमा रेफ्रिमाथि दुर्ब्यवहार गरेपछि उनलाई यस्तो कारबाही गरिएको हो । प्रतिबन्धसँगै थापाले एन्फाले सञ्चालन गर्ने तथा एन्फाबाट स्वीकृती लिई देशभरि सञ्चालन हुने कुनै पनि प्रतियोगितामा एक बर्षसम्म खेल्न पाउने छैनन् ।
एन्फाले आरसिटीकै कृष्ण कुँवर र सुविनकुमार श्रेष्ठलाई जारी ए डिभिजन लिगका बाँकी खेल खेल्न प्रतिबन्ध लगाएको बताइएको छ ।
प्रकाशित मिति:
February 04, 2014