जानकी मन्दिरका महन्थ हटाएकोमा महासंघको आपत्ती

महासंघले दासलाई हटाउनु गैरकानुनी तथा न्यायको प्राकृतिक सिद्धान्त विपरीत भएको भन्दै गुठी संस्थानको निर्णयले सम्पुर्ण हिन्दुहरुको भावनामाथी चोट पुगेको दावी गरेको छ ।
हिन्दु महासंघले गुठी संस्थानको निर्णय विरुघ एक हुन समेत आहवान गरेको छ । विश्व हिन्दु महासंघकी सचिव अस्मिता भण्डारीले मंगलवार विज्ञप्ती जारी गर्दै महन्थलाई हटाएकोमा विरोध जनाउदै निर्णय फिर्ता लिन चेतावनी दिएकी छन् ।
विज्ञप्तीमा गुठी संस्थानले निर्णय फिर्ता नलिएमा शसक्त आन्दोलन गर्ने समेत उल्लेख गरीएको छ ।
प्रकाशित मिति:
February 04, 2014