• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Health, स्वास्थ्य » जाजरकोटमा अलग अलग ठाउँमा जिम्मेवार पुरुष, स्वस्थ परिवार मेला
जाजरकोटमा अलग अलग ठाउँमा जिम्मेवार पुरुष, स्वस्थ परिवार मेला

दिप बहादुर घर्ति
जाजरकोट २१ माघ । जाजरकोटको पुन्मा र जगतिपुर दुई गाविसमा भिन्न भिन्नै दिन जिम्मेवार पुरुष,स्वस्थ परिवार मेला सम्पन्न भएका छन् । आफ्नै गर्भवति श्रीमतिहरुको शारिरीक कठीनाई प्रति हरेक श्रीमानहरुलाई जिम्मेवार बनाउने उदेश्येले उक्त मेलाको आयोजना गरिएको थियो ।

पुन्मा गाउँ विकास समितिको गंगटिया स्वास्थ्य चौकिमा बुधबार महिला अधिकार मञ्च जाजरकोटको आयोजनामा र जगतिपुर गाउँ विकास समितिको शिवसंकर उच्च माध्यामिक विद्यालयमा शुक्रवार बहुँ आयामिक विकास तथा अध्ययन मञ्च जाजरकोटको आयोजनामा जिम्मेवार पुरुष स्वस्थ परिवार मेला सम्पन्न भएका छन । दुवै मेलामा आर्थिक सहयोग डेक नेपालले गरेको थियो । 

उक्त मेलामा आयोजित कार्यक्रममा पुन्मा र जगतिपुर गाउँ विकास समितिका गर्भवती महिलाका लोग्ने स्वास्नी,त्यस्तै जिल्लाका केहि अन्य गाविसका नमुना जोडिहरु सहभागीता रहेएको मेलामा १२ वटा स्टलहरु राखियको थियो । जसमा नाम दर्ता, फोटो प्रर्दशनी, प्रजनन स्वास्थ्य कक्ष, लैगिंक भुमिका, पोषण भोजन लगाएतका स्टलहरु राखिएको महिला अधिकार मञ्च जाजरकोटकी कार्यक्रम संयोजक निर्मला थापाले बताइन । उनीले  दुवै ठाउँमा आयोजित मेलामा करिव २/२ सय भन्दा वढी मान्छेहरुको सहभागीता रह्को थियो भनिन् । मेलामा आयोजित कार्यक्रममा गर्भवति महिलाका श्रीमानहरुलाई आफु गर्भवती भएको भुमिका प्रस्तुती गराइएको थियो । मेलामा राखिएका विभिन्न स्टलका बारेमा सहभागि दर्शकहरुलाई राम विक्रम शाह, निर्मला थापा सविता पन्दक लिम्बु, कमल विश्वकर्म लगाएतले जानकारी गराएका थिए ।

 जगतिपुर गाविसमा आयोजित जिम्मेवार पुरुष स्वस्थ परिवार मेला हेर्न आउदै गर्दा  जगतिपुरकै २५ वर्षिय कालिका वि.क.बाटामै सुत्केरी भएकी थिईन । झण्डै १ घण्टाको बाटोमा हिड्ने क्रममा सुत्केरी भएकी वि.क.र बच्चाकोे स्वास्थ्य अवस्था सामान्य रहेको तयहाँको स्वास्थ्ये चौकीले जनाएको छ । 

उक्त मेलाले सबै पुरुषले आफ्नो गर्भवती श्रीमतिका लागी उत्तरदायी र जिम्मेवार बन्नका लागि राम्रो शिक्षा प्रदान गरेको सर्बसाधारण बताउँछन् ।

प्रकाशित मिति: February 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |