• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » खानीलाई व्यवस्थित गर्न सके कमाउन विदेश जानै नपर्ने
खानीलाई व्यवस्थित गर्न सके कमाउन विदेश जानै नपर्ने

दिप बहादुर घर्ति
जाजरकोट २१ माघ । जाजरकोटका विभिन्न भागमा रहेका सबै खानीलाई ब्यबस्थित गर्न सके कमाउनलाई जिल्लाका युवा/युवतिहरु विदेश जानु नपर्ने स्थानिय ढुङ्गाका एक ब्यापारीले बताएका छन । जाजरकोटमा पाईने ढुङ्गाले भारत, हङकङ, थाइलेण्डको बजार लिन थालेपछि ब्यारीले यस्तो कुरा बताएका हुन् ।

जिल्ला भरी दर्जनौ ढुङ्गा खानी, कोहीला खानी,तामा खानी,फलामा खानी,खरी खानीहरु रहेका छन । उक्त खानीहरुको खोजतलास,उत्खनन,प्रशोधन,बजार ब्यबस्थापन जस्ता महत्वपूर्ण कुरामा कसैको ध्यान पुग्न सकिरहेको छैन । राज्यको महत्वपूर्ण आम्दानीको श्रोत,ब्यरोजगार युवा÷युवतीहरुका लागी रोजगारी श्रृजनाको माध्याम भएता पनि खानी उद्योगहरु जिल्लामा प्रबद्र्धन हुन सकिरहेका छैनन । जिल्लामा भएका विभिन्न खानीलाई ब्यबस्थित गर्न सके जाजरकोटका युवा/युवतीहरु कमाउनलाई विदेश धाउनु नपर्ने स्थानिय ढुङ्गाका ब्यापारी ललित विक बताउछन । 

स्थायी बसोबास भुर गाविसको जार्ज र अस्थायी रुपमा कोर्ताङ १ ताँगाचौरमा बस्ने गरेका स्थानिय ब्यापारी ललित बिक विगत ५ बर्ष देखि निरन्तर रुपमा ढुङ्गाको ब्यापार गर्दै आएका छन । उनीले ढुङ्गाको कारोवार भारतको जैसपुरवाट सुरु गरेर हाल थाइलेण्डमा कारोवार गरिरहेका रहेका छन । ढुङ्गाको कारोवारमा राज्य,ब्यापारी र काम गर्ने मजदुरविच त्रिपक्षिय छली कारोवार भैरहेको विकको भनाई छ । हाल देखा परेका राज्यले ब्यापारीलाई ब्यबसायीक सुरक्षा दिन नसक्नु, कर असुलीका नाममा डण्डजरिवाना गर्नु,ब्यापारीले खोजी तलासी अनुरुपको उत्खनन लाइसेन्स प्रयोग नगर्नु,कामदारलाई उचित ज्याला नदिदा खानीमा काम गर्ने मजदुरहरुले चोरी निकासी गर्नुपर्ने स्थिति आउनु जस्ता समस्याहरु ललित बताउछन ।

जाजरकोटमा पाईने ढुङ्गा भारतको जैसपूरमा लिएर ब्यापार गर्ने सुरुवात २ हजार ५१/५२ साल देखि दैलेख लालीकाँडाका मोतिलाल खड्का ले सुरुवात गरेका हुन । हाल बर्मामा जन्मिएका थाइलेण्ड र नेपाल दुबै ठाउँमा बसोबास गर्ने सकेन खरेल सम्मले जाजरकोटमा ढुङ्गाको ब्यापार गरिरहेका छन् ।

जाजरकोट टालेगाउँको सौरेनी,अर्छानीको भौता,कोर्ताङको सिर्पा,गर्खाकोटको जयातालमा काईनेट खानी छन् । दहँ जुर्क निपानेको विखवारी,पैकको चाल्नामा पेट्रोल टुर्माली खानी छन्,। दहँको समालठाँनामा फेण्टा टुर्माली खानी छ । पजारुको टिकाचौर र जजायमा ग्रीन टुर्माली खानी छन । पजारुकै रुवामा टचग्रीन टुर्माली खानी छ । भुर ९ बान्नी र खलंगाको रावतगाउँमा क्वार्ज खानी छन् । भुरको कालाभुरमा कोइला खानी छ । डाँडागाउँको करुवामा तामा खानी छ । बारेबोटको रोकायगाउँ, नायकबाडामा फलाम खानी छ । खलंगाको बुद्धबुद्धीमा खरी खानी छ । प्रारम्भिक अध्ययनअनुसार जाजरकोटकै चाखुरेमा बहुँमुल्य पत्थर एकुमेरिन खानी र खलंगाको तिमीलेमा सिसा खानी हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: February 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |