• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, Main News, आर्थिक समाचार » एनसीसी बैंक राष्ट्र बैंकको नियन्त्रणमा, अब के हुन्छ ?
एनसीसी बैंक राष्ट्र बैंकको नियन्त्रणमा, अब के हुन्छ ?

काठमाडौं, माघ ।  सञ्चालक समितिमा रहेका दुई पक्षबीच विवाद चुलिएर गएपछि एनसीसी बैंकलाई नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएको छ ।

राष्ट्र बैंकको  बोर्ड बैठकले एनसीसीको तत्कालिन सञ्चालक समिति निलम्बन गरी राष्ट्र बैंकका प्रतिनिधिमार्फत बैंक सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

एनसीसी बैंकमा सञ्चालक समितिमा रहेको (निर्मल प्रधान र लक्ष्मीबहादुर श्रेष्ठ) दुई पक्षलाई मिल्न बारम्बार निर्देशन दिदाँ पनि विवाद कायम रहेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

 राष्ट्र बैंकले निर्देशक लक्ष्मी प्रपन्न निरौलाको संयोजकत्वमा तीन सदस्यी टोली एनसीसीमा पठाउने निर्णय गरेको हो । निर्देशक निरौलाको टोलीमा उपनिर्देशक रमेश आचार्य र सहायक निर्देशक रेशम राज रेग्मी रहेका छन् । राष्ट्र बैंकको टोलीले बुधबारबाटै जिम्मेवारी सम्हाल्ने छ । 

अब के हुन्छ ?

एनसीसीको सञ्चालक समितिलाई भंग गरेर नयाँ व्यवस्थापन समितिमा एनसीसी बैंक गएसँगै अब हुन्छ भनेर कौतुहलता समेत बढेर गएको छ । तर राष्ट्र बैंकले बैंकका ग्राहकले आत्तिनु पर्ने कुनै अवस्था नरहेको बताएको छ । एनसीसीमा अब पनि सामान्य अवस्थामा झैँ कारोबार हुने बताइएको छ । 

एनसीसीको वित्तिय अवस्थामा समस्या नआएकाले निक्षेपकर्ता, ग्राहक, ऋणी लगायतलाई यथावत रुपमा कारोबार जारी राख्न राष्ट्र बैंकले अनुरोध समेत गरेको छ ।

यता,  राष्ट्र बैंकको टोलीलाई  छ महिनाभित्र नयाँ सञ्चालक समितिको निर्वाचन गराउने र २०७१ असार मसान्त भित्र तोकिएको ९दुई अर्ब० चुक्तापुजी पुर्याउने अख्तियारी दिइएको छ ।यो टोलीले बै‌कको डिडिए पनि गराउने छ । त्यस्तै सञ्चालक नियुक्त गर्न सक्ने लगानी कर्ता वा एक प्रतिसत भन्दा बढी सेयर लिने सस्थापकहरुले कर्जा लिएको भए उनीहरुबाट कर्जा असुली गर्न पनि अख्तियारी दिइएको छ । यस्तो कर्जा असुली गर्न सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्न सक्ने सम्मको अधिकार  राष्ट्र बैंकको टोलीलार्इ दिइएको छ ।

प्रकाशित मिति: February 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |