• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बागमतीमा पिसाब गर्ने पनि पक्राउ
बागमतीमा पिसाब गर्ने पनि पक्राउ

माघ २२ । बागमती नदी सरसफाइ अभियान चलिरहेका बेला तिलगंगा आँखा अस्पतालले नदी किनारमा फोहोर फालिरर्‍यो । सूचना पाएपछि काठमाडौं महानगरपालिकाले अस्पतालका कर्मचारी पक्राउ गर्‍यो र ३ हजार रुपैयाँ जरिबाना गर्‍यो । सिनामंगलकी शोभा खड्का चिया पसलमा भाँडा माझेको पानी नदीमा फाल्थिन । महानगरपालिकाले एक हजार पाँच सय रुपैयाँ जरिबाना तिराएपछि उनले फोहोर मिसाउन छोडिन् । 

सिन्धुपाल्चोक साँगाचोकका गिरी थरका २७ वर्षका एक युवकले तीनकुनेमा बागमती नदीमै पिसाब गरे । प्रहरीले उनलाई पक्राउ गर्‍यो । नदीमा फोहोर नगर्ने निवेदनसहित बिलबुक र लाइसेन्सको फोटोकपी छोडेर उनी छुटे । बागमतीमा फोहोर गर्नेलाई सरकारले कारबाही गरिरहेको खबर अन्नपूर्णमा छापिएको छ ।

अभियानको ४० सातासम्म महानगरपालिकाले ११ जनालाई कारबाही गरी ७८ हजार रुपैयाँ जरिबाना गरिसकेको छ ।

फोहोरमैला व्यवास्थापन ऐन २०६८ मा नदीमा फोहोर गर्नेलाई पाँचसयदेखि एक लाख रुपैयाँ वा तीन महिना कैद वा दुवै सजाय हुने उल्लेख छ ।

फोहोर गरेबापत कार्यालय तथा सर्वसाधारणले पाँच सयदेखि ३० हजार रुपैयाँसम्म जरिबाना तिरेका छन् ।

प्रकाशित मिति: February 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |