• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बागमतीमा पिसाब गर्ने पनि पक्राउ
बागमतीमा पिसाब गर्ने पनि पक्राउ

माघ २२ । बागमती नदी सरसफाइ अभियान चलिरहेका बेला तिलगंगा आँखा अस्पतालले नदी किनारमा फोहोर फालिरर्‍यो । सूचना पाएपछि काठमाडौं महानगरपालिकाले अस्पतालका कर्मचारी पक्राउ गर्‍यो र ३ हजार रुपैयाँ जरिबाना गर्‍यो । सिनामंगलकी शोभा खड्का चिया पसलमा भाँडा माझेको पानी नदीमा फाल्थिन । महानगरपालिकाले एक हजार पाँच सय रुपैयाँ जरिबाना तिराएपछि उनले फोहोर मिसाउन छोडिन् । 

सिन्धुपाल्चोक साँगाचोकका गिरी थरका २७ वर्षका एक युवकले तीनकुनेमा बागमती नदीमै पिसाब गरे । प्रहरीले उनलाई पक्राउ गर्‍यो । नदीमा फोहोर नगर्ने निवेदनसहित बिलबुक र लाइसेन्सको फोटोकपी छोडेर उनी छुटे । बागमतीमा फोहोर गर्नेलाई सरकारले कारबाही गरिरहेको खबर अन्नपूर्णमा छापिएको छ ।

अभियानको ४० सातासम्म महानगरपालिकाले ११ जनालाई कारबाही गरी ७८ हजार रुपैयाँ जरिबाना गरिसकेको छ ।

फोहोरमैला व्यवास्थापन ऐन २०६८ मा नदीमा फोहोर गर्नेलाई पाँचसयदेखि एक लाख रुपैयाँ वा तीन महिना कैद वा दुवै सजाय हुने उल्लेख छ ।

फोहोर गरेबापत कार्यालय तथा सर्वसाधारणले पाँच सयदेखि ३० हजार रुपैयाँसम्म जरिबाना तिरेका छन् ।

प्रकाशित मिति: February 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |