पूर्व राजा ज्ञानेन्द्रकी आमामाथि बिजुली चोरीको आरोप

त्यहाँ बलिरहेको बिजुली सरकारी कार्यालयबाट चोरिएको भन्दै नेपाल सरकारको संस्कृति मन्त्रालय र नेपाल बिद्युत प्राधिकरणमा उजुरी परेको जनआस्थामा खबर छापिएको छ ।
नारायणहिटीको स्वामित्व त्यहाँ स्थापित संग्राहालय ब्यबस्थापन समितिमा सरिसकेको छ । तर, राजा महेन्द्रको निजी स्वामित्वमा रहेको ‘महेन्द्र मञ्जिल’ भने उनकी पत्नी रत्न बस्न पाउने गरी सरकारले छाडिदिएको थियो । सरकारले घर नामसारीका लागि रत्नसँग आबश्यक कागजातसहित मालपोत कार्यालय जान भनेको थियो । तर, नागरिकता नभएका कारण रत्नले घर आफ्नो नाममा नामसारी गर्न पाइनन् । नागरिकता नभएकै कारण उक्त घरमा बिजुली, पानी र टेलिफोनको प्रबन्ध हुन नसकेको हो ।
कुनै बेला दरबारकै कर्मचारी रहेका र पछि संग्रहालयका प्रमुख बनेका लेखबहादुर कार्कीले संग्रहालयबाट तार तानेर महेन्द्र मञ्जिलमा बिजुलीको ब्यबस्था गरिदिएका थिए । नियमअनुसार कुनै पनि सरकारले कार्यालयले कुनै निजी घरलाई बिजुली सप्लाई गर्न पाउँदैन् ।
यता, थाईल्याण्डमा रहेका पूर्वयुवराज पारस शाहलाई नेपाल आउन अब बाटो खुल्ने भएको छ । पासपोर्ट अभावमा त्यहाँ रहेका उनलाई निर्मल निवासबाट ज्ञानेन्द्रले थाइ प्रहरीलाई चिठी लेखेर पासपोर्ट उपलब्ध गराइदिन आग्रह गर्ने तयारी रहेको छ ।
त्यहाँको पर्यटन प्रहरीसँग रहेको पारसको पासपोर्ट लिन परिवारका सदस्य पुग्नैपर्ने बाध्यता भएपछि उनी थाइल्याण्डमा अडकिएका हुन् ।
प्रकाशित मिति:
February 05, 2014