कांग्रेस नेतृत्वको सरकारले नेपालको शान्ति प्रक्रिया टुंगाउँछ : कोइराला

नेपालका लागि अमेरिकन राजदूत पिटरडब्लु बोडेसँगको भेटमा कोइरालाले यस्तो बताएका हुन् ।
भेटमा बोडेले नेपालको राजनीतिक घटनाक्रमबारे चासो व्यक्त गरेका छन् । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा बोडेले नयाँ सरकार गठन संविधान लेखन र शान्ति प्रक्रिया लगायतका विषयमा चासो राखेका थिए ।
सो क्रममा कोइरालाले एक वर्षभित्र नयाँ संविधान जारी गर्न दलहरु प्रतिबद्ध रहेको भन्दै त्यसपछि नेपाल स्थायित्व र विकासको बाटोमा अघि बढ्ने उल्लेख गरेका थिए ।
कोइरालाले कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउने पनि बताएका थिए ।
प्रकाशित मिति:
February 05, 2014