• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » नेपाल बंगलादेशको साधारण सभा २७ फागुनमा, १८ प्रतिशत लाभांश
नेपाल बंगलादेशको साधारण सभा २७ फागुनमा, १८ प्रतिशत लाभांश

माघ २२ । नेपाल बंगलादेश बैंक १९ औं वार्षिक साधारणसभा फागुन २७ मा हुने भएको छ ।

बैंकले साधारण सभामा नाम र लोगो परिवर्तन, मर्जर र करिब १८ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादैछ ।

आइएफआइसी बैंकले नेपाल बंगलादेश बैंकमा सेयर स्वामित्व बढाएसंगै बैंकले बैंकको नाम र लोगो परिवर्तन गरिन लागेको हो । बैंकले यो प्रस्ताव साधारण सभामा लैजादै छ । बैंक एसिया ढाका र एनबी समूहको स्वामित्वमा रहेको सेयर खरिद गरेको आइएफआइसी बैंकले नौं प्रतिशतमा रहेको आफ्नो सेयर स्वामित्व ३८ प्रतिशत पुर्याइ सकेको छ । आइएफआइसी बैंकले थप सेयर खरीद गरेर ४२ प्रतिशत सेयर स्वामित्व पुर्याउने भएको छ ।

बैंकको साधारण सभामा १० प्रतिशत बोनस सेयर र ७।८९ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव समेत लगिदै छ । यो प्रस्ताव पारित भएको बैंकको चुक्तापूँजी दुई अर्ब ४३ करोड रुपैयाँ पुग्ने छ ।

प्रकाशित मिति: February 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |