नेपाल बंगलादेशको साधारण सभा २७ फागुनमा, १८ प्रतिशत लाभांश

बैंकले साधारण सभामा नाम र लोगो परिवर्तन, मर्जर र करिब १८ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादैछ ।
आइएफआइसी बैंकले नेपाल बंगलादेश बैंकमा सेयर स्वामित्व बढाएसंगै बैंकले बैंकको नाम र लोगो परिवर्तन गरिन लागेको हो । बैंकले यो प्रस्ताव साधारण सभामा लैजादै छ । बैंक एसिया ढाका र एनबी समूहको स्वामित्वमा रहेको सेयर खरिद गरेको आइएफआइसी बैंकले नौं प्रतिशतमा रहेको आफ्नो सेयर स्वामित्व ३८ प्रतिशत पुर्याइ सकेको छ । आइएफआइसी बैंकले थप सेयर खरीद गरेर ४२ प्रतिशत सेयर स्वामित्व पुर्याउने भएको छ ।
बैंकको साधारण सभामा १० प्रतिशत बोनस सेयर र ७।८९ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव समेत लगिदै छ । यो प्रस्ताव पारित भएको बैंकको चुक्तापूँजी दुई अर्ब ४३ करोड रुपैयाँ पुग्ने छ ।
प्रकाशित मिति:
February 05, 2014