कतारबाट फर्केका श्रीमानको हत्या उनकै श्रीमतीबाट : प्रहरी

प्रहरी अनुसन्धानले अर्कैसँग विवाह गर्ने निधोमा पुगि सकेपछि श्रीमान हत्या गर्ने योजना बनाएको देखाएको छ । मृतक बुढा २०६८ पुसमा कतार गएपछि श्रीमती गीता पुलामी (बुढां) ले अर्कैसँग विवाह गर्ने योजनाका साथ हत्या गरेको खुल्न आएको हो ।
गीताले नयाँ श्रीमान्लाई पुरानो श्रीमान मार्न सक्ने भन्दै पहिले नै मार्ने योजना बनाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए ।
अहिले दुवै जना फरार रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । गीताले पूर्वयोजना बनाएर श्रीमान् बुढालाई जङगलमा लगि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कतारबाट फकिर्दै गरेका गीताका श्रीमान्, हत्याका अभियुक्त गीता र गीताको नयाँ श्रीमान् तीनै जना माओवादीका पूर्व लडाकु रहेको बताइएको छ ।
प्रकाशित मिति:
February 05, 2014