• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » कतारबाट फर्केका श्रीमानको हत्या उनकै श्रीमतीबाट : प्रहरी
कतारबाट फर्केका श्रीमानको हत्या उनकै श्रीमतीबाट : प्रहरी

माघ २२ । कतारबाट घर फकिंर्दै गर्दा मारिएका जुम्लाका राजन बुढाको हत्या उनकै श्रीमतीले गरेको रहस्य खुलेको छ ।

प्रहरी अनुसन्धानले अर्कैसँग विवाह गर्ने निधोमा पुगि सकेपछि श्रीमान हत्या गर्ने योजना बनाएको देखाएको छ । मृतक बुढा २०६८ पुसमा कतार गएपछि श्रीमती गीता पुलामी (बुढां) ले अर्कैसँग विवाह गर्ने योजनाका साथ हत्या गरेको खुल्न आएको हो ।

गीताले नयाँ श्रीमान्लाई पुरानो श्रीमान मार्न सक्ने भन्दै पहिले नै मार्ने योजना बनाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए ।

अहिले दुवै जना फरार रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । गीताले पूर्वयोजना बनाएर श्रीमान् बुढालाई जङगलमा लगि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कतारबाट फकिर्दै गरेका गीताका श्रीमान्, हत्याका अभियुक्त गीता र गीताको नयाँ श्रीमान् तीनै जना माओवादीका पूर्व लडाकु रहेको बताइएको छ ।

प्रकाशित मिति: February 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |