भारी मात्रामा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

फागुन ३० । सरकारले भारी मात्रामा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । आजैबाट लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाएको हो ।
नेपाल आयल निगमको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ तथा डिजेल र मट्टितेलमा ६/६ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।
यसैगरी, हवाई इन्धन आन्तरिक उडानतर्फ ६ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ सय डलर प्रतिकिलोलिटर बढाएको छ ।
मूल्य वृद्धिसँगै पेट्रोल १ सय ४० रुपैयाँ लिटर पुगेको छ । त्यस्तै डिजेल र मट्टितेल लिटरको १ सय ९ रुपैयाँ पुगेको छ ।
भोलि शनिबार र आइतबार सार्वजनिक बिदाको अवसर पारेर मूल्यवृद्धिको विरुद्ध हुने आन्दोलनलाई समेत प्रभावित हुने तवरबाट मूल्यवृद्धि गरिएको हो ।
प्रकाशित मिति:
March 14, 2014