नबिलद्वारा अनिल शाहको नियुक्ति खारेज
बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई राष्ट्र बैंकले ‘कुलिङ पिरियड’ लागू गरेपछि नबिल बैंकले अनिल शाहको यसअघिको नियुक्तिलाई खारेज गरेको छ।
यसअघि राष्ट्र बैंकले पुस १३ गते एउटा बैंक छाडेपछि प्रमुख कार्यकारी अर्को बैंकमा ६ महिनाको अवधिसम्म जान नपाउने व्यवस्था गरेको थियो। सोही व्यवस्थाका कारण शाहको नियुक्त बदर हुन गएको नबिल बैंकले जनाएको छ।
राष्ट्र बैंकको नयाँ व्यवस्थापछि शाहले जेठको अन्तिम सातासम्म कुनै पनि बैंकको जिम्मेवारी लिन नपाउने भएका छन्। नबिलले त्यसभन्दा अगाडि नै अर्को सिइओ नियुक्ति गर्ने आशय जनाएको छ।
नियुक्ति बदर गरिएको निर्णय कम्पनीले नेप्सेसहितका निकायहरूमा पठाइसकेको छ। यसअघि शाह सेन्चुरी कमर्सियल बैंकमा नजाने भएपछि नबिलले नियुक्ति गरेको थियो।
तर नियुक्ति र राष्ट्र बैंकको व्यवस्था लागू हुने एकै दिन परेपछि शाहलाई अप्ठेरो परेको हो।

प्रकाशित मिति:
January 31, 2018