राष्ट्रपतिले चुनावमा कसैलाई हराउन र कसैलाई जिताउन पद दुरुपयोग गरेको आरोप
चैत्र २५ । राष्ट्र प्रमखको भूमिकामा रहेका राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा निर्वाचनमा कसैलाई हराउन र कसैलाई जिताउन पदको दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।
संविधानसभाको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई उनले हराउन भुमिका खेलेको भन्दै कांग्रेस केन्द्रिय कार्यालयमा उजुरी परेपछि यो विषयले सनसनी मच्चाएको छ ।
गत मंसिर ४ मा सम्पन्न दोस्रा संविधानसभाको निर्वाचनमा धनुषा ४ का काँग्रेस उम्मेदवार रामसरोज यादवलाई हराउन राष्ट्रपति डा. रामवरण यादव प्रत्यक्ष संलग्न भएको भन्दै क्षेत्रीय कार्य समितिले उजुरी गरेको हो ।
उजुरीमा पार्टी उम्मेदवारलाई हराउन जिल्लाका केही नेतालाई राष्ट्रपति यादवले निर्देशन दिएको उल्लेख गरिएको छ ।
राष्ट्रपतिलाई भेटेर गएपछि काँग्रेस धनुषाका नेता बृजलाल महासेठ, महन्द्र महतो, रामहृदय मण्डलले काँग्रेस उम्मेदवारलाई असहयोग गरेको धुनषा ४ का क्षेत्रीय सभापति हरिशंकर साहले बताएको नयाँ पत्रिकामा खबर छापिएको छ ।
प्रकाशित मिति:
April 08, 2014