२०७१ मा नयाँ संविधान दिने प्रधानमन्त्रीको प्रतिवद्धता
चैत्र ३० । प्रधानमन्त्री सुशील कोइरालाले ०७१ सालमा नेपाली जनताले ७ दशकभन्दा लामो संघर्षले प्राप्त गरेको प्रजातान्त्रिक हक अधिकारसहित संघीयता र गणतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने संविधान निर्माण हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले नववर्ष २०७१ को सुखद् अवसरमा जारी गरेको शुभकामना सन्देशमा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले शुभकामना सन्देशमा ०७१ सालमा विकास निर्माण र आर्थिक उन्नतिको कार्य अगाडि बढाउने प्रस्थानबिन्दुकाृ वर्ष समेत हुने उल्लेख गरेका छन् । ‘स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दर्छु,’ उनले सन्देशमा भनेका छन्, ‘२०७० सालले नेपालको प्रजातान्त्रिक इतिहासमा अलग्गै स्थान बनाएको छ, यसले पथबाट विचलित भएको प्रजातान्त्रिक प्रकृयालाई संविधानसभाको शान्तिपूर्ण निर्वाचनका माध्यमबाट सही मार्गमा ल्याउने सफलता पायो ।’
उनले निर्वाचनपछि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण भएको कुरालाई पनि २०७० को राजनीतिक उपलव्धी मानेका छन् । ‘शान्ति प्रकृयाका बाँकी काम सम्पन्न हुने र संविधान निर्माण गरी जारी गर्ने कार्य यो बर्ष पूरा हुने मेरो विश्वास छ,’ उनले भनेका छन्, ‘मंसीर ४ गते सम्पन्न संविधानसभाको शान्तिपूर्ण निर्वाचनपछि नेपालको राजनीतिक र संवैधानिक विकासमा ऐतिहासिक उपलब्धी हासिल भएका छन ।’
राजनीतिक दलहरुका बीचमा परिपक्वता आएको र मुलुकमा शान्ति र स्थायीत्व कायम गर्ने दिशामा सहमति बनिरहेको कुरा पनि सन्देशमा उल्लेख गरेका छन् । ‘यस्तो अनुकूल बातावरण बन्दै आएकोले मुलुकमा स्वदेशी र विदेशी लगानीकर्ताको चासो बढ्दै गएको छ,’ उनले भनेका छन्, ‘संविधान निर्माणको मूल दायित्व पूरा गर्दागर्दै पनि विकासको कामलाई गति दिन सकिने मेरो विश्वास छ ।’ त्यसैगरी उनले मुलुकमा शान्ति र अमनचयन कायम भएपछि सडक, रेल्वे,एअरपोर्ट,जलविद्युत आयोजना जस्ता पूर्वाधारको निर्माण तीव्र गतिमा हुने, उद्योग,व्यापार र सेवा क्षेत्रमा व्यवसाय अनुकूल वातावरण सिर्जना हुने र नेपालको आर्थिक विकासले गति पक्डने पनि सन्देशमा उल्लेख गरेका छन् ।
वर्तमान सरकार समस्त नेपालीलाई प्रजातान्त्रिक माध्यमबाट सुख र सुविधा दिन प्रयत्नशील रहेको, शासन र प्रशासनलाई पारदर्शी, उत्तरदायी, ढिलासुस्तिरहित, भष्ट्राचारमुक्त ,सदाचारयुक्त र नागरिकमुखी बनाइने जस्ता कुरा पनि उनले सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
April 13, 2014