महासंघको वरिष्ठ उपाध्याक्षमा मुरारका
बैशाख १ । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्याक्ष पदमा भाष्करराज राजकणिर्कार प्यानलका उम्मेदवार पशुपति मुरारका विजयी भएका छन् । उनले अध्यक्ष प्रदीपजंग पाण्डेतर्फकी उम्मेदवार भवानी राणालाई ४ मतले पछि पारेका हुन् । मुरारकाले ३३ र राणाले २९ मत पाए । विधानअनुसार महासंघमा निर्वाचित ६१ जनाको कार्यसमितिले वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था छ । निवर्तमान सदस्य पनि कार्यसमिति सदस्यसरह अधिकार हुन्छ । त्यसमध्येका सदस्यहरू वरिष्ठ उपाध्यक्षमा उठ्न पाउँछन् ।
उम्मेदवारमध्ये उक्त ६२ जनाको बहुमतले वरिष्ठ उपाध्यक्ष निर्वाचित गर्छ । मुरारका र राणा दुवै सदस्यमा निर्वाचित भएर आएका हुन् ।
उम्मेदवारमध्ये उक्त ६२ जनाको बहुमतले वरिष्ठ उपाध्यक्ष निर्वाचित गर्छ । मुरारका र राणा दुवै सदस्यमा निर्वाचित भएर आएका हुन् ।
प्रकाशित मिति:
April 14, 2014