फुजेल घटनामा सरकार पछि नहट्ने संकेत
वैशाख ४ । फुजेल घटनालाई लिएर संसद बैठक समेत अवरोधको सिर्जना भएपनि सरकारले भने पछि नहट्ने संकेत देखाएको छ ।
बुधबार बसेको संसद बैठक एमाओवादी सभासदले अवरोध गरेपछि एमाओवादी र सरकार पक्षबीचको वार्तामा एमाओवादीले पक्राउ परेका कार्यकर्तालाई रिहा गरी मुद्धा लिन माग गरेका थिए । सरकार पक्षले भने प्रक्रियामा गएका कारण मुद्दा फिर्ता लिन नसकिने जनाउ दिएको थियो ।
सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री मिरेन्द्र रिजालले बुधबार नै मुद्धा लिन नसकिने संकेत दिईसकेका छन् ।
नेपालगजञ्जमा आयोजित एक कार्यक्रममा मन्त्री रिजालले अदालतको प्रक्रियामा कुनै हस्तक्षेप नगर्ने जनाउ दिँदै मुद्धा फिर्ता नलिने सरकारी अडान घुमाउरो भाषामा सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा मन्त्री रिजालले सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग गठनका लागि सरकारले ल्याएको विधयेकको समर्थन गरि सबै समस्याको समाधानको खोजी गर्ने कि एउटा समस्याको मात्र भनेर प्रश्न समेत गरेका थिए ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा कांग्रेस, एमाले तथा एमाओवादी नजिक पुगेपनि फुजेल घटनाले पुनः दुरी बढाईदिएको छ ।
प्रकाशित मिति:
April 17, 2014