अध्यक्ष हत्काउन एमालेमा भाडभैलो
वैशाख ११ । नवौं महाधिवेशनमार्फत नेतृत्व फुत्काउने विषयमा नेकपा एमालेभित्र भाडभैलो मच्चिएको छ । एमालेका बरिष्ठ नेताहरु सार्वजनिक रुपमा एक अर्का विरुद्ध उत्रिएका छन् ।
यसरी उत्रनेमा मुख्यतया, माधव नेपाल र केपी ओली छन् । खरो रुपमा भने नेपाल नै उत्रिएका छन् तर छेडवान हान्न सिपालु ओली पनि झनै आक्रामक देखिन थालेका छन् । बिहीबार आयोजित एक कार्यक्रममा त ओलीले १५ वर्ष पार्टी नेतृत्व गरिसकेका बरिष्ठ नेता नेपालले पुनः नेतृत्व गर्ने चाहना राख्न नहुने समेत भनेका छन् ।
ओलीले सातौं महाधिवेशनपछि पार्टीको नीतिको नेतृत्व आफूले गरेको दाबी गर्दै नछाड्ने स्पष्टता देखाएका छन् ।
तर, केही दिनअघि मात्रै बरिष्ठ नेता नेपालले भने पार्टी कसैको प्राइभेट लिमिटेड नभएको भन्दै भागबन्डाले चल्न नसक्ने जनाएका थिए ।
ओली र नेपाल एक अर्कामै घोचपेच र सार्वजनिक रुपमै आरोप प्रत्यारोप लगाईरहँदा अध्यक्ष झलनाथ खनाल भने सहमतिको नारा लगाएर पुनः आफू नै अध्यक्ष हुने धुन बुन्नमा लागेको देखिएको छ ।
'चुनाव भए म अध्यक्ष उठ्दिन' बिहीबार झापामा पत्रकारसँग कुरा गर्दै उनले भने- 'सहमतिमा मलाई दिए त्यो स्वीकार गर्छु ।'
प्रकाशित मिति:
April 24, 2014