कतारका घरेलु कामदार 'यौन तथा शारीरिक हिंसा'मा परेको प्रतिवेदन सार्वजनिक
वैशाख ११ । हजारौं नेपालीहरु कामका लागि पुगेको मुलुक कतारमा घरेलु कामदारहरुमाथि यौन तथा शारीरिक हिंसा हुने गरेको खुलासा भएको छ ।
मानव अधिकारका क्षेत्रमा कार्यरत अमेरिकी संस्था एम्नेष्टी इन्टरनेशनले कतार घरेलु महिला कामदार (हाउसमेड) माथि हुने शारीरिक, मानशिक र जबरजस्ती श्रम शोषण रोक्न असफल भएको प्रतिवेदन समेत सार्वजनिक गरेको छ ।
मेरो सुताई नै मेरो आराम हो, कतारमा घरेलु कामदारमाथिको शोषणु नामको प्रतिवेदनमा उक्त संस्थाले श्रामिक र काम गर्ने घण्टा झुक्काएर हाउसमेडलाई कतार ल्याउने उनीहरु यौन तथा शारीरिक हिंसामा समेत पर्न गएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा त्यसरी हिंसामा परेका महिलाहरु एकदमै फुत्किन नसक्नेगरी समस्यामा परेको समेत उल्लेख गरिएको छ । दुव्र्यवहार गर्ने मालिकको घरलाई छाड्नै नसक्ने समेत विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति:
April 24, 2014