अमेरिकाले पोल्याण्डमा सेना खसाल्यो
एजेन्सी
वैशाख । अमेरिकाले पोल्याण्डमा आफ्नो सेना उतारेको छ । युक्रेनको विषयलाई लिएर अमेरिका र रुस विवाद भईरहँदा अमेरिकाले पोल्याण्डमा सेना खसालेको हो । यो सँगै दुई देशबिच शितयुद्ध चर्केर जाने देखिएको छ ।
रुस समर्थक राष्ट्रपतिलाई बर्खास्त गरिएपछि युक्रेनमा तनाब जारी छ । सोही विषयमा य क्रिमियालीले युक्रेनबाट जनमतसंग्रहमार्फत अलग भएर रुसमा बिलय भएको घोषणा गरेपछि दुई देशबीच तनाव चर्केर गएको छ ।
दुईदेशबीच सम्बन्ध बिग्रदै जादा अमेरिकाले पहिलो लटमा १५० अमेरिकी सैनिकलाई पोल्याण्डमा उतारेको छ । सैन्य अभ्यासका नाममा थप ४५० सैनिकलाई पोल्याण्डमा उतार्ने भएको छ । यस्तो सैन्य अभ्यास पोल्याण्डका सहित लिथुआनीया, लाट्भीया र इस्टोनीयामा पनि सञ्चालन गरिने बताइएको छ ।
प्रकाशित मिति:
April 24, 2014