अधिकारीको हत्यामा संलग्न १३ जनालाई मुद्धा
चैत्र ३० । गोरखा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ ।
कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीको जाहेरीका आधारमा किटानी जाहेरी परेका ११ र प्रहरी अनुसन्धानपछि थपिएका थप दुई जनाविरुद्ध आइतवार मुद्दा दर्ता भएको हो । सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित जन्मकैदको माग सहित मुद्दा दर्ता गरेको बताइएको छ । अधिकारीको ०६१ सालमा चितवनमा हत्या भएको थियो । छोराको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै अधिकारी दम्पत्ति लामो समयदेखि अनशनमा छन् ।

किटानी जाहेरीमा उल्लेख भएका छबिलाल पौडेल, भिष्मराज पौडेल, रामप्रसाद अधिकारी, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, सिता अधिकारी, राम प्रसाद अधिकारी, मेघनाथ पौडेल, सुभद्रा तिवारी, बिष्णु तिवारीविरुद्ध अभियोग पत्र दायर भएको हो । प्रहरी अनुसन्धानका क्रममा हत्यामा संलग्न देखिएको भन्दै जानुका पौडेल र रुद्र आचार्य बिरुद्ध पनि अभियोग पत्र दर्ता भएको छ ।
प्रकाशित मिति:
April 13, 2014