प्रचण्ड वा बाबुराम कसलाई सभापति बनाउने भन्नेमा कुरा मिलेन, समितिको चुनाव सर्यो
चैत्र ३० । राजनीतिक सम्वाद तथा सहमति समितिको सभापति पदका लागि आज हुने भनिएको चुनाव सरेको छ ।
सभापति कसलाई बनाउने भन्नेमा सहमति हुन नसकेकाले थप छलफल गर्न बैसाख पाँच गते चुनाव गर्न तीन दल राजी भएका हुन् ।
प्रमुख तीन दलबीच बालुवाटारमा आज बिहान भएको बैठकमा सभापतिका लागि तीन दलबीच सहमति नजुटेपछि निर्वाचनको मिति सार्न तीन दल सहमत भएका हुन् ।
बैठकमा कांग्रेस र एमालेका नेताहरुले प्रचण्डलाई समितिको सभापति बन्न आग्रह गरेका थिए तर प्रचण्डले आफू बस्न अस्वीकार गर्दै बाबुराम भट्टराईको नाम पेश गरेका थिए । सभापति प्रचण्ड वा बाबुराम कसलाई बनाउने भन्नेमा दलहरुबीच सहमति जुट्न नसकेको हो ।
प्रकाशित मिति:
April 13, 2014