युद्ध लडेका महिलाहरु अन्तरपार्टी महिला सन्जालमा संगठित
दिप बहादुर घर्ति
जाजरकोट ५ वैशाख । जाजरकोटमा महिला मुक्तिको लागि विगतमा युद्ध लडेकी महिलाहरु अन्तरपार्टी महिला सन्जालमा संगठित हुन थालेका छन । महिलाका अधिकारहरुलाई स्थापित गर्ने उद्देश्यले अन्तरपार्टी महिला सन्जालमा संगठित हुन थालेका हुन ।
जिल्लामा क्रियाशिल राजनैतिक पार्टीमा आवद्ध महिलाहरुको एक भेलाले गत चैत्र ३० गते जिल्ला स्तरिय अन्तरपार्टी महिला सन्जाल गठन गरेको छ । अध्यक्ष नेपाली कांग्रेसकी रामछाया शाही, उपाध्यक्ष नेकपा एमालेकी तारा साक्य, सचिव एनेकपा (माओवादी) कि पार्वति वि.क., सह–सचिव नेकपा–माओवादी कि माया धरला र कोषाध्यक्ष रा.प्र.पा.कि भावना भण्डारी रहेको उक्त सन्जाल १४ सदस्य जिल्ला कार्य समिति गठन भएको छ । एनेकपा ( माओवादी ) र नेकपा–माओवादीवाट यस सन्जालमा संगठित हुने महिलाहरु सबै विगतमा युद्ध लडेका रहेका छन । पार्वती वि.क, माया धरला, नन्दा कुमारी वुढा ( चललाउने) ले विगत द्धन्दको लामै अनुभव संगालि सकेकी छन् ।
महिला मुक्तिको एजेण्डालाई स्थापित गर्नका लागि आफुहरुले विगत युद्धमा बन्दुक वोकेर सेना प्रहरी संग लडेको माया धरला वताउछिन । महिला अधिकारको बिषयलाई राजनैतिक रुपमा स्थापित गर्न युद्धकै फरक स्वरुप भएको मोर्चा र संगठनमा संगठित भएको पार्वती वि.क. को तर्क छ । उनी आफुहरुले भौतिक रुपमा कष्टकर युद्ध लडि सकेको हुदा अवको राजनैतिक लडाईको मोर्चामा आफुहरुलाई अप्ठेरो नहुने बताउछिन् ।
उक्त जिल्ला कार्य समितिले यही बैसाख २ र ३ गते सदरमुकाम खलंगाको हिलपार्क होटल सभा हलमो झण्डै ३० जना महिलाहरुको सहभागितामा २ दिन प्रशिक्षण सम्पन्न गरेको छ । प्रशिक्षण घरेलु हिंसा र लैङ्गिक बजेटका वारेमा मधेशी फोरम समाजवादी पार्टी कि केन्द्रिय उपाध्यक्ष तथा अन्तरपार्टी महिला सन्जाल कि ईष्टे«रिङ्ग कमिटी सदस्य निलम वर्माले दिएकी थिन भने निर्वाचन प्रणाली र स्थानिय निकायमा महिला सहभागिताका वारेमा नेकपा–माओवादी कि केन्द्रिय सदस्य तथा अन्तरपार्टी महिला सन्जाल कि केन्द्रिय सदस्य यसोदा सुवेदीले दिएकी थिइन् ।

प्रकाशित मिति:
April 18, 2014