डीभी र पीआर लिएकाले त्यही देशमा बस्नुः मन्त्री पण्डित
बैशाख ५ । डीभी र पीआर लिएका सरकारी कर्मचारीको विरुद्धमा आफ्नो आवाजलाई बुलन्द बनाउँदै आएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बहुराष्ट्रियता साथमा लिएर काम गरेका कर्मचारीका कारण देशले मुहार फेर्न नसकेको अर्को आरोप लगाएका छन् ।
शुक्रवार भैरहवामा नेपाल जेसीजको राष्ट्रिय शैक्षिक परामर्श कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पण्डितले यस्तो आरोप लगाएका हुन् । ‘नेपालमा सरकारी जागिर खाने र विभिन्न देशका डीभी, पीआर, ग्रिनकार्ड र रासनकार्ड लिएर बसेका कर्मचारीले राष्ट्रको हितमा काम गर्दैनन,’ उनले भने ‘तिनीहरुले राष्ट्रहितमा भन्दा व्यक्तिगत स्वार्थमा रहेर काम गर्छन ।’ नेपालीको करबाट जागिर खाएपछि त्यसको प्रतिफल नेपाल र नेपाली जनताले पाउनु पर्ने उनको भनाई थियो । उनले नेपालमैं भविष्य देख्नेलाई नेपालमा र अन्य देशमा भविष्य देख्नेलाई त्यही देशमा बस्न आग्रह समेत गरे ।
नेपालमा पनि जागिर खाने त्यसैलाइ देखाएर पीआर लिने र जागिर सकिएको भोलिपल्ट विदेश जाने काम नगर्न उनको सुझाव थियो ।
प्रकाशित मिति:
April 18, 2014